फलोअपः  गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन

कास्की | बैशाख १९, २०७९

फलोअपः  गम्भीर घाइते भएका बुवाको पनि मृत्यु, न्याय माग्दै आफन्तद्वारा विरोध प्रदर्शन

पोखरा:   कास्कीको अन्नपूर्ण गाउँपालिका १ लेवाडेमा आइतबार कारले मोटरसाइकललाई ठक्कर दिदा गम्भीर घाइते भएका कुश्मा नगरपालिका ४ का ४५ वर्षिय जितबहादुर पुनको पनि मृत्यु भएको छ । 

 

आफन्तका अनुसार पुनको उपचारको क्रममा आज विहान ५ बजे अस्पतालमै मृत्यु भएको हो ।  यसअघि उनको छोरी १८ वर्षिया सविना पुनको मृत्यु भैसकेको थियो । 

 

कारको ठक्करबाट बुवा र छोरीले ज्यान गुमाएपछि आफन्तहरुले जिल्ला प्रहरी कार्यालय कास्कीमा धर्ना दिएका छन् । 

 

उनीहरुले फरार रहेको कार चालक एन्जल बम मल्ललाई पक्राउ गरि कारवाही गर्नुपर्ने र मृतक परिवारले उचित क्षतिपूर्ती पाउनुपर्ने माग राखेका छन् । ‘अहिलेसम्म ड्राइभरलाई नल्याउने, धर्नामा संलग्न एक आफन्तले भने, ‘कारको लापरवाहीकै कारण आज हाम्रो मान्छेले ज्यान गुमाउनु पर्याे । भोली सबैलाई पर्ने कुरा हो । दोषीलाई कडा भन्दा कडा कारवाही नभएसम्म हामी प्रर्दशन गरिरहन्छौ ।’

 

अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको प्रहरी टोलीसँग मृतक परिवार र आफन्तहरुले वार्ता गरिरहेका छन् । मृतक परिवारले फरार रहेका कार चालक मल्ललाई पक्राउ गरि कारवाही नगरेसम्म मृतक परिवारले शव नबुझ्ने अडान लिएका छन् । 

 

पोखराबाट पर्वततिर जाँदै गरेको ग ३ च ३५२५ नम्बरको कारले पोखरा आउंदै गरेको ग १८ प ८१९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कार चालकका दाई र बुवा कास्की प्रहरीको सम्पर्कमा आएपनि चालक मल्ल भने फरार छन् ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्